मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु

मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु


मेक्सिकोको तापक्रम ५० डिग्री सेल्सियस, दुई सातामा सय जनाको मृत्यु

मेक्सिको।जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमको सामना गरिरहेको छ । गर्मीको प्रकोप यतिबेला सबैभन्दा बढी मेक्सिकोमा देखिएको छ ।

यहाँका कतिपय स्थानमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जसका कारण विगत दुई हप्तामा कम्तिमा १०० जनाको मृत्यु भएको छ।

मेक्सिकोमा चरम गर्मीले पनि बिजुलीको माग बढेको छ। जसका कारण अधिकारीहरूले धेरै ठाउँबाट विद्युत काट्नु परेकोले जनतामा थप समस्या बढेको जनाएका छन् ।

मन्त्रालयको रिपोर्टअनुसार दुई तिहाइभन्दा बढीको मृत्यु १८ देखि २४ जुनको बीचमा भएको थियो भने बाँकी गत हप्ता भएको थियो। गत वर्षको सोही अवधिमा गर्मीका कारण एक जनाको ज्यान गएको थियो ।

मेक्सिकोमा सबैभन्दा धेरैको मृत्यु गर्मीका कारण भएको हो । त्यसैगरी डिहाइड्रेसन पनि कतिपयको मृत्युको कारण बनेको मिडिया रिपोर्टमा जनाइएको छ ।

६४ जनाको मृत्यु टेक्सासको सिमानामा रहेको उत्तरी राज्य न्यूभो लियोनमा भएको थियो भने बाँकी खाडी तटमा रहेका छिमेकी तामाउलीपास र भेराक्रुजका बासिन्दा थिए।

 


प्रकाशित मिति: शुक्रबार, १५ असार, २०८०, १५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९