मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता

मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता


मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं । एसीसी इस्ट जोन यू १६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियामालाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रनमा अलआउट भयो ।

मलेसियाका लागि मोहम्मद हैरिलले २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अशोक धामीले ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले ५२ रनको अर्धशतकीय ईनिङ खेले । दिप कुमार ४१ र सुर्यांशु कोईरालाले २३ रन बनाए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २÷२ तथा मोहम्मद फतुलले १ विकेट लिए । जितसँगै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । तीन टोली रहेको समूहबाट पहिलो खेलमा जित दर्तासँगै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।

 


प्रकाशित मिति: शुक्रबार, १५ असार, २०८०, १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९