नेकपा एसका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य जंगलीले छाडे पार्टी, एमालेमा फर्किने तयारी

नेकपा एसका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य जंगलीले छाडे पार्टी, एमालेमा फर्किने तयारी


नेकपा एसका उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य जंगलीले छाडे पार्टी, एमालेमा फर्किने तयारी

काठमाडौँ, । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गरेका छन् ।

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् ।

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बतायो । एक महिनाअघि देखि नै एमाले नेताहरुसँग उनको संवाद चलिरहेको थियो ।

उनी एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए ।

स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगत्तैदेखि उनी एमाले र नेकपा एस मिल्नुपर्ने पक्षमा थिए । पछिल्लो सत्ता गठबन्धनले यी दुई पार्टीलाई झन् टाढा बनाएपछि न्यौपानेले पार्टी छाडेका हुन् । नेकपा एसमा तेस्रो वरियताका नेता मुकुन्द न्यौपाने उनका दाइ हुन् । उनले पनि एमालेसँग मिल्नुपर्ने भन्दै पार्टी बैठकमा लिखित प्रस्ताव नै पेस गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, १४ चैत, २०७९, १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९