पहिलो चरणमा सकभर साँझ नभए भोलि बिहान मन्त्रिपरिषद् विस्तार

पहिलो चरणमा सकभर साँझ नभए भोलि बिहान मन्त्रिपरिषद् विस्तार


पहिलो चरणमा सकभर साँझ नभए भोलि बिहान मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई दुई चरणमा विस्तार गरेर पूर्णता दिने भएका छन् । एकै चरणमा विस्तार गर्न दलहरूबीच समझदारी नभएपछि दुई चरणमा विस्तार गर्ने तयारी गरेका हुन् ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ १० दलको बैठकमा मन्त्रालय भागबण्डामा कुरा मिलेको थिएन । कुरा नमिलेपछि थोरै मन्त्री भएकाले सरकार सञ्चालनमा अफ्टेरो भएको भन्दै केही मन्त्रीलाई मात्रै भए पनि आजै शपथ गराउनु पर्ने बताएका थिए । त्यही रणनीति अनुरुप पहिलो चरणमा सकभर साँझ नभए भोलि बिहान मन्त्रिपरिषद् विस्तार गरिनेछ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई चरणमा सरकार विस्तार गरेर पूर्णता दिइने बताए । बालुवाटारमा भएको १० दलको बैठकबाट बाहिरिने क्रममा लेखकले भने, ‘दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

नमिलेको भागबण्डा मिलाउँदेै जाने केही मन्त्रीको नाम दिनुस् भनेर प्रधानमन्त्री दाहालले मागेपछि दलहरू थोरै मन्त्री पठाउन आन्तरिक छलफलमा छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्नेगरी सचिवालयको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले आज बेलुकासम्म एक जना मन्त्री बनाउने नेताको नाम दिन भनेपछि नेपालले बैठक बोलाएका हुन् । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

नेपाली कांग्रेसका सभापति पनि पहिलो चरणमा क–कसलाई पठाउने भनेर आन्तरिक छलफल गर्न लागेका छन् । स्रोतका अनुसार पहिलो चरणमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा केन्द्रीय सदस्य सिता गुरुरूलाई पठाउने तयारी छ । तर, निश्चित भने भइनसकेको देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए ।

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रि समाजवादी पार्टी पनि मन्त्रीमा कसलाई पठाउने भनेर आन्तरिक छलफलमा छन् ।

कांग्रेसले ८, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति बन्न सकिरहेको छैन ।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालको छ । प्रस्तावमा दलहरूले आ–आफ्नो दाबी राखेर सहमतिमा नआएपछि कुरा मिल्न सकिरहेको छैन ।


प्रकाशित मिति: बुधबार, १५ चैत, २०७९, १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९