तरकारी र फलफूल आयात कम गरिनेछ : अर्थमन्त्री डा महत

तरकारी र फलफूल आयात कम गरिनेछ : अर्थमन्त्री डा महत


तरकारी र फलफूल आयात कम गरिनेछ : अर्थमन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० मथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे ।

उनले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गरे ।

मन्त्री डा महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पारे ।

विपत् या भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिए अनुसार बजेट राखिएको उनले जानकारी गराए ।

विद्युतीय सवारी साधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने मन्त्री डा महतले बताए ।


प्रकाशित मिति: आइतबार, १७ असार, २०८०, १७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९