काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्शे परिसूचक २१ दशमलव ३२ प्रतिशतले घटेर २०७५ दशमलव ९७ को विन्दुमा झरेको हो ।
सोमबार कुल ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँको शेयर कारोबार हुँदा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
बजार घट्दा आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सार्वधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २८९ रुपैयाँ कायम भएको छ ।
साथै, बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ५५४ रुपैयाँ कायम भएको छ । यस्तै सिटि होटलको शेयर भने ९।९८ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०८ रुपैयाँ कायम भएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९