नेप्सेमा झिनो अङ्कको गिरावट

नेप्सेमा झिनो अङ्कको गिरावट


नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलब २४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ८६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल ७९ लाख ८८ हजार नौ सय ८६ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको रु १२ करोड ७८ लाख १३ हजार सात सय १९ बराबरको कारोबार भएको छ ।

शिवम् सिमेन्ट रु १२ करोड ५४ लाख ३९ हजार चार सय नौ, सोल्टी होटल रु १० करोड ६७ लाख ६५ हजार चार सय आठ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु छ करोड ६१ लाख ५८ हजार नौ सय ३४ र मञ्जुश्री फाइनान्स रु छ करोड ५६ लाख सात हजार छ सय ८० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड पहिलोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रावा इनर्जी दशमलब ९८, लिवर्टी इनर्जी नौ दशमलब ६४ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

यस्तै, सिङ्गटी हाइड्रो पाँच दशमलब ९६, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब ६९, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब १४, इस्टर्न हाइड्रोपावर चार दशमलब ६२ र माथिल्लो हेवा खोलाको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: मंगलबार, २६ असार, २०८०, १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९