शनिबार पनि कर कार्यालय र बैंकहरु खुला रहने

शनिबार पनि कर कार्यालय र बैंकहरु खुला रहने


शनिबार पनि कर कार्यालय र बैंकहरु खुला रहने

काठमाडाैं । कर कार्यालय र बैंकहरु भोलि शनिबार खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै असार ३० गते (शनिबार) कर कार्यालय तथा राजस्व संकलन गर्ने बैंकहरु खुला रहने जनाएकाे हाे ।

आयकर ऐन, २०५८को दफा ९४को उपदफा (१)बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले दफा ९५बमोजिम कारोबारको अनुमानित करको विवरणअनुसार तिर्नुपर्ने आय वर्ष २०७९/८०को अनुमानित करको सतप्रतिशत रकममध्ये तिर्न बाँकी कर रकम (तेस्रो किस्ता) यही असार मसान्तभित्र दाखिला गर्नुपर्ने हुन्छ। सोही कानुनी व्यवस्थाअनुसार म्यादभित्रै विवरण तथा कर दाखिला गर्न विभागले आग्रह गरेको छ।

भोलि शनिबार सार्वजनिक बिदाको दिनमा समेत ठूला करदाता, मध्यस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंक शाखा एवं काउन्टरहरु खुला रहने र भुक्तानी क्लियरिङको कार्यसमेत हुने विभागले जानकारी गराएको छ।


प्रकाशित मिति: शुक्रबार, २९ असार, २०८०, १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९