नेपाल टेलिकमले ल्यायाे नयाँ समर अफर

नेपाल टेलिकमले ल्यायाे नयाँ समर अफर


नेपाल टेलिकमले ल्यायाे नयाँ समर अफर

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफरको अवसर ल्याएको छ । नेपाल टेलिकमले ग्राहकहरुको चाहना र आवश्यकतालाई बुझेर नयाँ अफल सार्वजनिक गरेको जनाएको हो ।

एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समर अफर अन्तर्गत विभिन्न डाटा प्याक अफरहरु ल्याइएको छ ।अल टाइम डाटा प्याक अन्तर्गत रु.५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुने जनाइएको छ ।

यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ ।

अनलिमिटेड ७९९ प्याक सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने गरि टेलिकमले सुचारु गरेको जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्ने सकिने सेवाहरु नेपाल टेलिकमले उपलब्ध गराएको जनाएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, २९ असार, २०८०, १७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९