चुरोटको निहुँमा झगडा, दाइले गरे आफ्नै १८ वर्षीय भाइको हत्या

चुरोटको निहुँमा झगडा, दाइले गरे आफ्नै १८ वर्षीय भाइको हत्या


चुरोटको निहुँमा झगडा, दाइले गरे आफ्नै १८ वर्षीय भाइको हत्या

 सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । चुरोटको विषयमा झगडा हुँदा दाजु देबराज धामीले खुकुरी प्रहार गरी आफ्नै १८ वर्षीय भाइ देवकुमारको हत्या गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

बराहक्षेत्र नगरपालिका-४ कौवाका ३० वर्षीय देबराज धामीले हत्या गरेको प्रहरीको जनाएको छ । आइतबार देवराजलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए ।

चुरोटको निहुँमा दाजुभाइको झगडा भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट देवकुमार गम्भीर घाइते भएका थिए । उनको धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९