कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चासहित दुई जना पक्राउ

कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चासहित दुई जना पक्राउ


कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चासहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।


कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरूसहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बा।९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९