आईजीपीविरुद्धको रिटमा आज फैसला नहुने

आईजीपीविरुद्धको रिटमा आज फैसला नहुने


आईजीपीविरुद्धको रिटमा आज फैसला नहुने

 प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमाथिको फैसला आज (सोमबार) पनि नहुने भएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको यो मुद्दाको बहस नसकिएपछि आज फैसला नहुने भएको हो । रिट निवेदनक एआईजीपी विश्वराज पोखरेलको पक्षका अधिवक्ताले मंगलबार खाजा समय अघिसम्म बहसका लागि समय मागेका छन् ।

सर्वोच्च बारका अध्यक्ष समेत रहेका अधिवक्ता पूणर्मान शाक्यले भोलि खाजा समयसम्ममा बहस सक्ने इजलासमा बताएका छन् । सर्वोच्चमा अहिले एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका छन् । यसअघि तीन डीआईजीले हालेको रिटमाथि पक्ष(विपक्षकै बहस सकिएको छ ।

रिटमाथि कामु प्रधानन्यायाधीश कार्की र नयायाधीश चुँडालको इजलासमा अन्तिम सुनुवाइ चलिरहेको छ । रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि मंगलबार नै विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन् । सरकारले वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो । गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो । जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो ।

तर त्यस दिन सुनुवाइ नभएकाले चुँडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। पोखरेलको रिटसँगै अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए ।

सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन् । एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकाश हुनेछन् । सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । उनी वैशाख १९ देखि बिदामा थिए । पोखरेलले थप १० दिन बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएका थिए ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९