केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव अझै टरेन

केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव अझै टरेन


केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव अझै टरेन

मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीका पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिइन् ।

ओलीले अभिभावकत्व ग्रहण गरेपछि लामालाई ओलीको छोरी भनेर गाउँमा बोलाउन थालिए पनि उनको दैनिकीमा भने कुनै फेरबदल आएको छैन । अभिावकत्व ग्रहण गरेपछि अध्यक्ष ओलीले तीन पटक १० र १० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको छिचुले बताइन् ।

ठिल्लेसाङ्मु अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छिन् । अध्ययनमा तीक्ष्ण रहे पनि आर्थिक समस्याले गर्दा ठिल्लेसाङ्मुलाई पठनपाठनमा कापी, कलम, डे«स अभाव रहेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।

उनलाई अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले अध्यक्ष ओलीले उनको अभिभावकत्व ग्रहण गरेका थिए । ठिल्लेसाङ्मुको बुबाको मृत्यु भइसकेको छ । 


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, १६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९