एमालेको अवरोधपछि संसद बैठक स्थगित

एमालेको अवरोधपछि संसद बैठक स्थगित


एमालेको  अवरोधपछि संसद बैठक स्थगित

काठमाडौँ, । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्री जर्नादन शर्माले करका दर हेरफेर गर्न बाहिरका मान्छे ल्याएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने बताएपछि सभामुख सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । 

 एमाले प्रमुख सचेतक विशाल भट्टराईले  बजेट प्रस्तुत हुनुभन्दा अघिल्लो रात १४ जेठ मध्यरातिको अर्थ मन्त्रालयमा छिर्ने व्यक्तिको पहिचान गर्न सीसीटीभीको फुटेज उपलब्ध गराउन र र संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

उक्त माग पूरा नभएसम्म सदन चल्न नसक्ने बताएपछि संसद स्थगित गरिएको हो । 

आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिइरहेका थिए । 


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९