बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ


 बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजना पक्राउ

ओखलढुंगामा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि बलात्कार गरेको आरोपमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल पक्राउ परेका हुन् ।

उनीले बालिकामाथि फरक समय र स्थानमा पटक-पटक बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उनीहरुविरुद्ध सोमबार जाहेरी परेपछि पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९