जङ्गली च्याउको तरकारी खाँदा एकै घरका दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

जङ्गली च्याउको तरकारी खाँदा एकै घरका दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर


जङ्गली च्याउको तरकारी खाँदा  एकै घरका दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

जङ्गलबाट ल्याएको च्याउ तरकारी पकाएर खाँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारीमा एकै घरका दुई जनाको मृत्यु भएको छ ।

सँगै खाना खाएका अन्य दुई जनाको गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । सँगै खाना खाएका ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछानेको मंगलबार मृत्यु भएको हो । ढककुमारीको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको हो भने मनमायाको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक ढककुमारीका पति २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारी र राजनका तीन वर्षीया छोरी सरिस्मा विष्टलाई ओखलढुङ्गामा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबारै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

मनमायाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, ११:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९