पाँच जना मृत अवस्थामा फेला

पाँच जना मृत अवस्थामा फेला


पाँच जना मृत अवस्थामा फेला

भक्तपुर, ललितपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व)मा पाँच जना मृत  अवस्थामा फेला परेका छन् ।  भक्तपुरको भक्तपुर नगरपालिका–९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही नगरपालिका–१० भत्केकोपाटीमा बस्ने ५६ वर्षीय पूर्ण बहादुर भुजेल मंगलबर मृत अवस्थामा फेला परेका छन् । 

ललितपुरको गोदावारी नगरपालिका–१३ झरुवारासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका बिशंखे आफ्नै घर नजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।  तनहुँको ब्यास नगरपालिका–९ बर्यचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशब नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

कैलालीको टिकापुर नगरपालिका–७ दिब्यपुरस्थित खेतमा भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेम बहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  नवलपरासी९पूर्व०को बिनयी त्रिबेणी गाउँपालिका–७ व्यारेजपुल नजिक खेतमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।   घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, १६:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९