माइतमा आफन्तको जन्मदिन मनाउन हिंडेकी महिला पोखरीमा मृत भेटिइन्

माइतमा आफन्तको जन्मदिन मनाउन हिंडेकी महिला पोखरीमा मृत भेटिइन्


माइतमा आफन्तको जन्मदिन मनाउन हिंडेकी महिला पोखरीमा मृत भेटिइन्

माइत जान भनेर घरबाट निस्किएकी एक वृद्धा मोरङको जहदास्थित एक पोखरीमा मृत भेटिएकी छन् । जहदा गाउँपालिका-४ मुखिया टोलकी ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव पोखरीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वृद्धा शुक्रबार साँझ ७ बजेतिर जहदा-४ सोहलस्थित माइती जानलाई भनेर घरबाट हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माइतीमा आफन्तको जन्मदिन मनाउन भनेर हिंडेकी उनको शव शनिबार बिहान ७ः३० बजेतिर जहदा-४ स्थित बटेश्वर मुखियाको जग्गामा रहेको पोखरीमा भेटिएको डीएसपी श्रेष्ठले बताए । उक्त पोखरी निक्कै गहिरो रहेको स्थानीयले बताएका छन् ।

बाटोको साइडमा रहेको पोखरीको पानीभित्र घोप्टो परेको अवस्थामा वृद्धा महिलाको शव भेटिएको डीएसपी श्रेष्ठले बताए । माइती पक्ष सम्पर्कमा नआएका कारण उनी माइती घर पुगिन् कि पुगिनन् भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको छ ।


प्रकाशित मिति: शनिबार, ४ असार, २०७९, १३:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९