सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान


सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई सम्मान

वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए । 

सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मान पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो । यस्तै, सुन्दरबजार नगरपालिका-९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ ।

कार्यक्रमको अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्रास प्रदान गरिएको छ । समाजमा सुन्दरबजार नगरपालिका-८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आवद्ध छन् ।


प्रकाशित मिति: आइतबार, ५ असार, २०७९, १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९