जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर सात करोडको जग्गा बिक्री गरेपछि...

जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर सात करोडको जग्गा बिक्री गरेपछि...


जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर सात करोडको जग्गा बिक्री गरेपछि...

जापान बसेका व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरस्थित सात करोड मूल्यको ११ आना २ पैसा जग्गा बिक्री गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । अर्काको जग्गा कीर्ते गरी बेचेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पाँच जनालाई पक्राउ गरेको हो ।

२०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको पाइएको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए । पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस-६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका- बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस-३, हाल मेलम्ची नगरपालिका-४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस-४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका-१ घर भइ बूढानीलकण्ठ-२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस-८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका-१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस-२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरुबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान-४, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्ता लगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेको गिरोहले विभिन्न स्थानका अन्दाजी ४ विघाहा जग्गासमेत विभिन्न किर्ते कागजातहरुको आधारमा नक्कली कम्पनी तथा जग्गा धनीहरु समेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो । त्यसपछि पीडित पक्ष प्रहरी समक्ष पुगेको थियो ।


प्रकाशित मिति: आइतबार, ५ असार, २०७९, १७:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९