तैरिरहेको रेस्टुरेन्टको रूपमा आफ्नो अलग्गै पहिचान बनाएको तथा ५० वर्षदेखि सञ्चालन आएको हङकङको रेस्टुरेन्ट बन्द भएको छ । उक्त जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको यसको मूल कम्पनीले जनाएको छ । डोरीले बाँधेर तन्दै गर्दा रेस्टुरेन्ट डुबेको हो ।
उक्त घटनाबाट धेरै दुखी भएको एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । होटल डुब्दा चालक दलका सदस्यहरू भने घाइते नभएको जनाइन्छ । सन् २०२० को मार्चमा कोभिड महामारीको समयमा रेस्टुरेन्ट बन्द थियो ।
बेलायतकी महारानी, हलिउड अभिनेता टम क्रुज र व्रिटिश उद्यमी रिचर्ड ब्रान्सनलगायतका ३० लाख भन्दा बढी आगन्तुकले उक्त रेस्टुरेन्टको खाना खाएको विश्वास गरिन्छ । रेस्टुरेन्ट धेरै चलचित्रहरूमा पनि चित्रित भएको थियो । तर, कोभिड महामारीका कारण पछिल्लो समय व्यवसाय प्रभावित भएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९