अदालत गेटमै व्यवसायीमाथि खुकुरी हानेर भागेका व्यक्ति भक्तपुरबाट पक्राउ

अदालत गेटमै व्यवसायीमाथि खुकुरी हानेर भागेका व्यक्ति भक्तपुरबाट पक्राउ


अदालत गेटमै व्यवसायीमाथि खुकुरी हानेर भागेका व्यक्ति भक्तपुरबाट पक्राउ

अदालतको गेटमै व्यवसायीमाथि खुकुरी प्रहार घटनाका योजनाकार नौ महिनापछि पक्राउ परेका छन् । भक्तपुरका रमेश राजवाहकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज बुधबार पक्राउ गरेको हो ।

१० असोज २०७८ मा उच्च अदालत, विराटनगरको गेटमा व्यवसायी कमलसिंह लामामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार गर्ने महम्मद साजिद मियाँ र विमल कार्कीलाई त्यतीबेला नै प्रहरीले पक्राउ गरेको अनुसन्धानको क्रममा राजवाहकले खुकुरी हान्न लगाएको खुलेको थियो । तर, राजवाहक फरार रहँदै आएका थिए ।

मध्यपुर ठिमीको सानोटारबाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको सिआइबीका एसपी कमल थापाले जानकारी दिए । उनीविरुद्ध जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ ।

कम्पनीको मुद्दामा अदालत गएका बेला लामामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइएको थियो । मोरङको कटहरी गाउँपालिका -६ मा रहेको मोरङ राजधानी ईटा उद्योगामा लामाले लगानी गरेका थिए । कम्पनीको विवाद अदालत पुगेपछि उनलाई खुकुरी हानेर हत्या गर्न खोजिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।


प्रकाशित मिति: बुधबार, ८ असार, २०७९, १९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९