'एकल महिलाका समस्यालाई राज्यले नीतिगत रुपमै समाधानको लागि पहल गर्नुपर्छ'

'एकल महिलाका समस्यालाई राज्यले नीतिगत रुपमै समाधानको लागि पहल गर्नुपर्छ'


'एकल महिलाका समस्यालाई राज्यले नीतिगत रुपमै समाधानको लागि पहल गर्नुपर्छ'

बुढानिलकण्ठ नगरपालिकामा रहेका एकल महिलाहरुले आफूहरुको समस्यालाई राज्यले नीतिगत रुपमै समाधानको लागि पहल गर्नुपर्ने बताएका छन ।

अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा महिलाका लागि मानव अधिकार एकल महिला समुहले आयोजना कार्यक्रममा सहभागि एकल महिलाहरुले सो धारणा व्यक्त गरेका हुन् । 'अदृश्य महिलाको अदृश्य समस्याहरु' भन्ने नाराका साथ मनाईएको एकल महिला दिवसका अवसरमा बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले महिलाका अदृश्य समस्याहरुलाई समाधान गर्नको लागि नितिगत रुपमा भन्दापनि पुरुषवादी सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन्।

यसैगरी उनले एकल महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको एकल महिला कोषलाई थप प्रभावकारी ढंगबाट परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । एकल महिलाका बच्चाहरुलाई नागरीकता दिलाउने सवालमा परेको समस्या उनिहरुको आर्थिक उपार्जनको समस्या समाधान गर्नको लािग घरघरबाट महिलाहरुलाई आफ्नो अधिकारको लागि लड्न घरघरबाट शसक्त बनाउन आवश्यक रहेको बताइन ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष वसनारायण महर्जनले एकल महिला समुहमा आवद्ध महिलाहरु अहिले वडाकै नेतृत्व तहमा पुगिसकेकाले अब उनिहरुको मुद्धा नितिगत तहबाटै उठिसकेको बताउदै आगामि दिनमा आफ्नो वडाले एकल महिलालाई आत्मनिर्भर बनाउन थप शसक्त ढंगबाट अगाडि बढ्ने वताए।

कार्यक्रममा एकल महिला समुहका अध्यक्ष कविता पाण्डेले आफु एकल भइसकेपछि बच्चाको नागरीकता बनाउनको लागि मृत्यु भईसकेको श्रीमानको नागरिकता पेस गर्नुपरेको बाध्यता रहेको भन्दै राज्यले जिउँदो आमा भन्दा मरिसकेको बुवालाई मान्यता दिनाले पनि एकल महिलाले भोग्नुपरेको समाजिक आर्थिक सास्कृतिक तथा मानसिक समस्या कति जटिल छ भन्ने स्पष्ट हुने बताइन।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको विभिन्न वडामा बसोवास गर्ने महिलाहरुले महिलाका लागि मानव अधिकार एकल महिला समुहको कारण नै आफूहरु सबैको अगाडि बोल्न सक्ने ,केहि गरेर बाँच्न सक्छु भन्ने विश्वास बढेपनि राज्यका निकायहरुलाई आफूहरुलाई सवल र सक्षम बनाउन भत्ता दिने भन्दा बढि केहि गर्न नसकेको गुनासो राखिन् । श्रीमान नभए पनि महिलाको अन्य सारा परिवार हुने भएकोले उनिहरुलाई एकल ठान्न नहुनेमा उनले जोड दिइन।

कार्यक्रममा एकल महिला समुहका कार्यक्रम संयोजक सुमिरा श्रेष्ठले एकल महिला समुहले ६० वटा जिल्लामा एकल महिला जिल्ला समिति गठन गरेको जानकारी गराउँदै यो मुद्धा गैरसरकारी संस्थाको मात्र मुद्धा नभएर राज्यले यसमा अपनत्व ग्रहण गरी उनिहरु अधिकारको लागि नीतिगत ढंगबाट अगाडि बढ्न आवश्यक रहेको बताइन।

महिलाका लागि मानव अधिकार एकल महिला समुहले बि. स. २०५२ सालदेखि नेपालभरी रहेका एकल महिलाको अधिकारलाई समाजिक आर्थिक राजनैतिक मुद्धाको रुपमा उठान गर्दै आईरहेको छ भने उनीहरुको आर्थिक शसक्तिकरणको लागि स्थानिय सरकार संगको समन्व्यमा विभिन्न सीपमुलक कार्यहरु समेत गर्दै आईरहेको छ ।


प्रकाशित मिति: बिहिबार, ९ असार, २०७९, २०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९