काठमाडौं उपत्यकामा एकैदिन २३ सय १७ जना सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा एकैदिन २३ सय १७ जना सवारी चालकमाथि कारवाही


काठमाडौं उपत्यकामा एकैदिन २३ सय १७ जना सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, १० असार, २०७९, ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९