युवा संघले भन्यो, –बुटवल मण्डप नाम परिवर्तन गर्न पाइदैन

युवा संघले भन्यो, –बुटवल मण्डप नाम परिवर्तन गर्न पाइदैन


युवा संघले भन्यो, –बुटवल मण्डप नाम परिवर्तन गर्न पाइदैन

बुटवल । राष्ट्रिय युवा संघ नेपाल  वुटवल उपमहानगरपालिकाले बुटवल मण्डपको नाम परिवर्तन गर्न खोजेकोमा आपत्ति जनाएको छ । 

संघका वुटवल उपमहानगरपालिका कमिटीका अध्यक्ष सुदर्शन खाम्चा र संघका बुटवल उपमहानगर वडा नं. ६ का अध्यक्ष अमित भण्डारीले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बुटवल मण्डपको नाम परिवर्तन नगर्न आग्रह गरेका छन् । 

उपमहानगरपालिकाको नीति तथा बजेटमा बुटवल मण्डपको नाम गिरिजाप्रसादको नामबाट राख्ने बताएपछि युवासंघले त्यसको विरोध गरेको हो । 

‘उपमहानगरकाका मेयर खेमराज पाण्डेले बुटवल मण्डप जस्तो वुटवलको गौरबको धरोहरलाई पार्टीगत गरि जनताको मर्म भावना र इतिहासलाई गिज्जाउन खोज्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गिरिजाप्रसाद कोइराला एक महान नेता हुन् । उनीप्रति हाम्रो सम्मान छ । तर कुनै नेतालाई सम्झने नाम धरोहरलाई उनीहरुको नाम दिनु उचित भने हुदैन ।’

उनीहरुले मेयर पाण्डेले पार्टीको ख्याति आफूले कमाउनका लागि मण्डपको नाम परिवर्तन गर्न खोजेको बताएका छन् ।

विज्ञप्तिमा सार्वजनिक ठाउँलाई पार्टीगत गर्न खोजे आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् । 

 


प्रकाशित मिति: शनिबार, ११ असार, २०७९, २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९