पोखरामा सडक भासियो, एक घर जोखिममा

पोखरामा सडक भासियो, एक घर जोखिममा


 पोखरामा सडक भासियो, एक घर जोखिममा

पोखराको वडा नं‍ ४ मा सडक भासिएको छ । लगातारको भारी वर्षाका कारण फिर्केखोला नजिकैको बूढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए ।

आज बिहान सडक भासिँदा एक घर जोखिममा परेको छ । सडक वारि र पारि गरेर पूर्ण रुपमा भासिएको र घरको बाहिरी भाग ठीक भएपनि भित्री कोठा भासिएको वडाध्यक्ष पराजुलीले बताए । उनले भने, ‘घर ओडारजस्तो भएको छ।’

क्षति पुगेको ठाउँमा पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुङलगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ। भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याइने महानगरले बताएको छ ।


प्रकाशित मिति: आइतबार, १२ असार, २०७९, ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९