कांग्रेस नेता महर भन्छन्- प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ

कांग्रेस नेता महर भन्छन्- प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ


कांग्रेस नेता महर भन्छन्- प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा पार्टी गम्भीर बन्नुपर्ने बताएका छन्।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा महरले पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी युवालाई अगाडि सार्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीभित्रको व्यवस्थापनलाई ध्यान दिएर अरु पार्टीसँग गठबन्धनमा जान कांग्रेसका लागि हितकर हुने बताए। देशभर एक्लै चुनावमा जाँदासमेत पार्टीभित्र असन्तुष्टि देखिएर असहयोग भएको विगतलाई हेर्नुपर्ने उनको तर्क छ।

महरले नेताहरूको स्वाभिमानलाई ख्याल नगरी अर्कै तरिकाले टिकट वितरण गरिए विस्फोटको सम्भावना रहेको तर्फसमेत पार्टी नेतृत्व सचेत हुनुपर्ने बताए। त्यसका लागि पार्टीभित्र गहन छलफल भइरहेको पनि उनले बताएका छन्।

नेता महरले पार्टीभित्र टिकट वितरणपछि विगतमा देखिँदै आएको असन्तुष्टिलाई विचार गरेर यसपटक यो समस्यालाई हल गर्ने कुरामा ध्यान दिइने बताए।

‘गठबन्धनसहित चुनावमा गए कसरी जाने, भागबन्डाको मोडल कस्तो हुने र नगए कसरी जाने र कसलाई टिकट दिने र टिकट नपाउने साथीहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने कुराको वातावरण निर्माण गर्नुपर्छ,’ नेता महरले भने, ‘कांग्रेसभित्र असन्तुष्ट साथीलाई सम्झाउने प्रवृत्ति छैन। पार्टी र देशप्रतिको सबैको प्रतिबद्धता बराबर हुन्छ। त्यसकारण टिकट वितरण गर्दा होस् वा अन्य अवसर दिदा होस् असन्तुष्ट व्यक्तीलाई सम्झाउने प्रवृत्तिको विकास गरिनुपर्छ।’

प्रजातान्त्रिक पद्धतिमा चुनावका बेला पार्टीभित्र सिर्जना हुने गुटउपगुटलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए। आफूहरु पार्टीलाई नचुहिने छाताजस्तै साझा बनाउने अभियानमा लागेको महरको भनाइ थियो।


प्रकाशित मिति: आइतबार, १२ असार, २०७९, १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९