लागूऔषधको अवैध उत्पादन र ओसारपसार नियन्त्रण गर्न गृहमन्त्रीको आव्हान

लागूऔषधको अवैध उत्पादन र ओसारपसार नियन्त्रण गर्न गृहमन्त्रीको आव्हान


लागूऔषधको अवैध उत्पादन र ओसारपसार नियन्त्रण गर्न गृहमन्त्रीको आव्हान

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोग नियन्त्रणका लागि सबैलाई हातेमालो गर्न आव्हान गरेका छन् । 

गृह मन्त्रालयले आइतबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त आव्हान गरेका हुन् । 

सीमित स्रोतका बावजुद लागू औषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको उनले बताए । 

‘लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुपर्छ,’ गृहमन्त्री खाणले भने । 

कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डेले लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाजसँग समन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने बताए । नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उनले प्रशंषा समेत गरे । 

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले लागूऔषधको समस्यालाई निर्मूल पार्नका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समन्वय गरी लागूऔषधसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । 


प्रकाशित मिति: आइतबार, १२ असार, २०७९, १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९