लिफ्ट मागेका भारतीयले गाउँपालिकाका कर्मचारी कुटेर गाडी लुटेर भागे

लिफ्ट मागेका भारतीयले गाउँपालिकाका कर्मचारी कुटेर गाडी लुटेर भागे


लिफ्ट मागेका भारतीयले गाउँपालिकाका कर्मचारी कुटेर गाडी लुटेर भागे

डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी आज सोमबार बाँधिएको अवस्थामा सडकमा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका(५ बुढीतोलामा आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर कर्मचारी लोकेन्द्र सिंह भण्डारी बाँधिएको अवस्थामा फेला परेको अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए ।

लिफ्ट दिएर सँगै ल्याएका नचिनेका भारतीयहरुको एक समूहले कैलालीको बुढीतोलामा उनलाई लुटेर भागेका छन् । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिट समेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीको प्रदेश ०१-२३-च ६०२१ नम्बरको कार समेत लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरदेखि तीन जना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागे । भण्डारीले आफ्नो प्रदेश ०१(२३(च ६०२१ नम्बरको कारमा लिफ्ट दिए । बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरे ।

उनीहरुले भण्डारीलाई कुटेर प्लाष्टिकले हात(खुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए । भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन् । हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लुटिएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, १३ असार, २०७९, १८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९