माओवादी निकट विद्यार्थी संगठनका असन्तुष्टि पक्षले बनाए समानान्तर कमिटी

माओवादी निकट विद्यार्थी संगठनका असन्तुष्टि पक्षले बनाए समानान्तर कमिटी


माओवादी निकट विद्यार्थी संगठनका असन्तुष्टि पक्षले बनाए समानान्तर कमिटी

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को असन्तुष्टि पक्षले समानान्तर कमिटी घोषणा गरेको छ ।  

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरिएको हो । 

 कार्कीको संयोजकत्वमा  १ सय ९९ सदस्यीय आयोजक समिति बनाइएको छ । कार्की क्रान्तिकारीका उपाध्यक्ष हुन् । 

उनले अध्यक्ष पंचा सिंहले  बिधान विपरीत पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपेको बताए ।  उनका अनुसार सो आयोजक समितिले संगठनलाई बिद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

आजै वानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा समानान्तर कमिटी घोषणा गर्ने तयारी गरिएको छ । 


प्रकाशित मिति: शनिबार, १८ असार, २०७९, ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९