काठमाडौँ । तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूले भेटघाट गरेका छन। आज साँझ ललितपुर हात्तीवनस्थित व्यक्तिको घरमा उनीहरुको भेट वार्ता भएको हो ।
भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजावदी)का अध्यक्ष माधव नेपाल, समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र
नेकपा एकता अभियानका संयोजक वामदेव गोतमबीच भेटवार्ता भएको थियो । तत्कालिन नेकपाका नौ सचिवालय सदस्यमधये पाँच जनाले आज भेटवार्ता गरेका हुन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको बताए ।
त्योबेला नेकपाका सचिवालयमा रहेका केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादु थापा ‘बादल’ अहिले एमालेमा नै छन् ।
नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९