अखिल क्रान्तिकारीको समानान्तर समिति घोषणा

अखिल क्रान्तिकारीको समानान्तर समिति घोषणा


अखिल क्रान्तिकारीको  समानान्तर समिति घोषणा

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा माओवादीको केन्द्रिय समितिको पूर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समिति बनाएको छ ।  ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरीत पदाधिकारी चयन देखि केन्द्रिय समितिमा सदस्य थप गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर समिति घोषणा गरेको हो ।

उपाध्यक्ष पवन कार्कीको संयोजकत्वमा १९७ सदस्यीय बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर समिति गठन गरेको हो ।

सो समूहले १९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्विनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदुरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज( संयोजक तोकेको छ ।

सो समुहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रिय बिभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन ।


प्रकाशित मिति: मंगलबार, २१ असार, २०७९, ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९