बेंसीसहर-चामे सडक एक साता बन्द हुने

बेंसीसहर-चामे सडक एक साता बन्द हुने


बेंसीसहर-चामे सडक एक साता बन्द हुने


मनाङ जाने एक मात्र बेंसीसहर-चामे सडक एक साता बन्द हुने भएको छ ।  सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि बिहीबार बिहान ८ बजेदेखि एक साता बन्द हुने भएको हो ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले बुधबारदेखि सडक बन्द गर्ने भने पनि आर्थिक वर्षको मसान्त भएकाले सरकारी काममा समस्या हुने भएकाले बिहीवारदेखि सडक बन्द गरिने बताए । 

सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक सातासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्नेछ । उक्त सडक निर्माणका लागि संघीय सरकारले ६० लाख छुट्याएको छ । श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ । 

२०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले सो सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाले उक्त सडक २०५७ देखि बनाउने जिम्मा पाएको थियो ।सेनाले २०६९ मा सडक निमार्ण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । ६५ किलोमिटर दूरीको बेशीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । बर्खायाममा उक्त सडकखण्ड अवरुद्ध हुने गरेको छ । 


प्रकाशित मिति: बुधबार, २२ असार, २०७९, ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९