वडासदस्यदेखि नै राजनीतिक सुधारको सुरुवात गर्नुपर्छः महर

वडासदस्यदेखि नै राजनीतिक सुधारको सुरुवात गर्नुपर्छः महर


वडासदस्यदेखि नै राजनीतिक सुधारको सुरुवात गर्नुपर्छः महर

काठमाडौं । नेपाली कांग्रेसका  केन्द्रीय सदस्य नैनसिंह महरले नेताहरु र राजनीतिक दलहरु सुध्रिनुको विकल्प नभएको बताएका छन् ।

नेपाली काङ्ग्रेस मधेश–प्रदेश कार्यसमिति द्वारा आयोजित २०७९ सालमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा बधाई तथा शुभ–कामना कार्यक्रम एवं अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् ।

महरले वडासदस्यदेखि नै सुधारको सुरुवात गर्नुपर्ने औल्याए । पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले प्रधानमन्त्री निवास छाड्दा रित्तो हात फर्किएको स्मरण गर्दै महरले समग्र नेपाल र समग्र मधेशको जनजीवनको उन्नती र प्रगतिका लागि राजनीतिलाई जनसेवा बनाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस जनकपुरलाई एसियाको सांस्कृतिक राजधानी बनाउने देखि लिएर विरगन्जलाई आर्थिक राजधानी बनाउने लगायत एजेण्डा बोकेर अगाडी बढेको बताए ।

मधेश प्रदेशमा आवश्यकता हुदाहुदै अहिलेसम्म एउटा पनि विश्वविद्यालय, मेडिकल कलेजको स्थापना हुन नसक्नु दुःखद भएको बताउदै महरले त्यो कुरा नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सफल हुने दाबी गरे ।


प्रकाशित मिति: आइतबार, ८ साउन, २०७९, २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९