म्यानमारको खवरले पाषाण युगमा हुने बर्बरता र क्रुरताको शासनको याद गरायोः महर

म्यानमारको खवरले पाषाण युगमा हुने बर्बरता र क्रुरताको शासनको याद गरायोः महर


म्यानमारको खवरले पाषाण युगमा हुने बर्बरता र क्रुरताको शासनको याद गरायोः महर

काठमाडौं । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैन्सिंह महरले म्यानमारको सैनिक सरकारले पूर्वसांसदसहित चार जनालाई मृत्य दण्ड दिएको खवरले विश्वलाई फेरि पाषाण युगमा हुने बर्बरता र क्रुरताको शासनको याद गराएको बताएका छन् ।

नेता महरले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन

 । 

“म्यानमारको सैनिक सरकारले पूर्वसांसदसहित चार जनालाई मृत्य दण्ड दिएको खवरले विश्व लाई फेरि पाषाण युगमा हुने बर्बरता र क्रुरताको शासनको याद गराएको छ, ” नेता महरले लेखेका छन्, “एएपीपीका अनुसार सैनिक सरकारले  २ हजार ११४ जनालाई मारेको छ भने १४ हजार ८४७ जना पक्राउ परेका छन् ।  लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने गरि मानव जीवनको स्वतन्त्रता र बाँच्न पाउने अधिकार माथिको यो हमलाले विश्व भरिका लोकतन्त्रवादीहरु लाई लज्जित बनाएको हुनुपर्छ ।”

नेता महरले म्यानमारमा भैईरहेको धरपकड र जनता माथिको दमन रोकेर यथाशिघ्र प्रजातन्त्र पुनर्वहालीको माग समेत गरेका छन् । महरले अघि लेखेका छन्, “नोवेल पुरुस्कार विजेता प्रजातन्त्रवादी नेतृ सूची हालसम्म पनि सैनिक सरकारको नजरबन्दमै छिन् । म्यानमारमा भैईरहेको धरपकड र जनता माथिको दमन रोकेर यथाशिघ्र प्रजातन्त्र पुनर्वहालीको माग गर्दछु ।”


प्रकाशित मिति: मंगलबार, १० साउन, २०७९, १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९