रविन्द्र मिश्रले भने “खोपामा भए पनि राजसंस्था राखौँ”

रविन्द्र मिश्रले भने “खोपामा भए पनि राजसंस्था राखौँ”


रविन्द्र मिश्रले भने “खोपामा भए पनि राजसंस्था राखौँ”

काठमाडौँ ।  विकेकशील साझा पार्टीका  पूर्वअध्यक्ष रविन्द्र मिश्रले खोपामा भए पनिु राजसंस्था राख्नुपर्ने बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमा  हृदयेन्द्र शाहलाई  जन्मदिनको शुभकामना व्यक्त गर्दै एक दिन राजाको रुपमा देख्न चाहेको समेत बताएका छन् । 

उनले संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर “खोपामा भए पनिु राजसंस्था राखौँ” भनेका छन् । 

उनले मुलुक ढिलो चाडो संकटमा फस्ने भन्दै खोपामा भएपनि राजालाई राखेर त्यो संकटलाई पार लगाउन राजा आवश्यक रहेको बताए । 

“२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने – बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतस् आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ फस्छ। ” 

मिश्रले संसदले बाँधेको भनेको कस्तो राजा 

एउटा सानो उदाहरणस् सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।


प्रकाशित मिति: शनिबार, १४ साउन, २०७९, १३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९