काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
सामुदायिक वन दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारे ।
नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सृजना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि बताए ।
सामुदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।
अध्यक्ष ओलीले भने, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन्। ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्यो। र, त्यसको सदुपयोग पनि हुनुपर्यो। वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्याउने कुरामा जोड दिनु पर्दछ। हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबाली आदि कुरादेखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ। तिनीहरूका लागि आवश्यक सबै उचाईहरु हामीसँग छ। सामुदायिक वनमार्फत् राज्यलाई पुर्याउने योगदान, विश्वलाई पुर्याउने योगदान, सिंगो मानव जातिका लागि पुर्याउने योगदान पृथ्वीमै पुर्याउने योगदान महत्वपूर्ण छ ।’
उनले नेपाल वन र वनस्पतीहरुका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेको अघि बढ्दा सिंगो मानवजातिकै हित हुने धारणा राखे।
उनले केही समय अघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भएपनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दीगो वन व्यवस्थापनको नीति अघि सारेको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९