काठमाडौँ, । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनको मिति तोकेसंगै नेकपा (एमाले)ले निर्वाचन केन्द्रीत भएको छ ।
एमालेको सचिवालय बैठकले निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णय गरेको छ । एमालेले पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा निर्वाचन घोषणापत्र मस्यौदा कमिटी र उनकै अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
आज सचिवालय बैठकले गरेका महत्वपूर्ण सात निर्णय यसप्रकार छन् ।
१. बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । कमिटीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्ठलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।
२. बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका अध्यक्षहरु र महासचिवहरु रहेका छन ।
३. बैठकले केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) हुनुहुन्छ । त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको छ ।
४. बैठकले विभिन्न विभागमा रिक्त रहेका सचिव मनोनयन गरेको छ । विभाग सचिवको जिम्मेवारी पाउनेहरुमा– सुन्दर भुसाल– उद्योग, बाणिज्य तथा आपूर्ति विभाग, विमल शर्मा– कृषि तथा पशुपन्छी विकास विभाग, सुरज अधिकारी– पुस्तकालय तथा अभिलेख विभाग, घनेन्द्र श्रेष्ठ– पर्यटन प्रबद्र्धन तथा नागरिक उड्डयन विभाग रहेका छन् ।
यस्तै मेघराज पौडेल– युवा तथा खेलकुद विभाग, एस.जी.शर्मा– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सोभियत ढकाल– विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, केबी उप्रेती–सहकारी तथा गरीबी निवारण विभाग, आरसी लामिछाने–भूमी व्यवस्था विभाग, सन्जीव रोकाहा– विज्ञान तथा प्रविधि विभाग, पुष्कर खाती– सामाजिक सुरक्षा विभाग र गजेन्द्र थपलिया– शहरी विकास विभाग रहेका छन् ।
५. बैठकले केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ । जस अनुसार, रामदयाल मण्डल सहइन्चार्ज मधेश प्रदेश, सरोज यादव इन्चार्ज महोत्तरी जिल्ला, प्रमोदनारायण यादव सहइन्चार्ज धनुषा जिल्ला, भीम कार्की उपप्रमुख भूमि व्यवस्था विभाग, कृष्ण थापा इन्चार्ज कास्की जिल्ला रहेका छन् ।
६. बैठकले तीनवटा केन्द्रीय विभाग गठन गरेको छ । जसअनुसार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, शहरी विकास विभाग र भूमि व्यवस्था विभाग रहेका छन् ।
७. बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि र स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको छ ।
साथै, पार्टीमा नवप्रवेशीहरुलाई संगठनमा व्यवस्थापन गर्नेबारेमा निर्णय गरेको छ । नवप्रवेशीहरुलाई जिम्मेवारी दिने सम्बन्धमा प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९