ओलीले भने ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? ’

ओलीले भने ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? ’


ओलीले भने ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ? ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेर अरुलाई खुवाउने काम आफूबाट नहुने बताएका छन् ।

काठमाडौंमा आज बिहान भएको  कार्यक्रममा ओलीले भने, ‘म देशका लागि समर्पित छु।’

मलाई भ्रष्ट छन् भनेर हल्ला चलाइएको छ तर भ्रष्ट हुन् भनेर हल्ला चलाउनेहरु नै भ्रष्ट भएको ओलीको भनाइ छ ।

उनले थपे, ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु? त्यसकारण यो कुरा सम्भव छैन ।’

स्पष्ट दृष्टिकोण नभएका र केही काम गर्न नसक्नेहरुले अरुले राम्रो काम गरेको देखेपछि नकारात्मक हल्ला चलाउने गरेको ओलीको भनाइ छ ।

उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ।

‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’


प्रकाशित मिति: आइतबार, २९ साउन, २०७९, १२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९