एमालेको निर्वाचनमा उम्मेदवार छनौट गर्ने यस्तो छ मापदण्ड

एमालेको निर्वाचनमा उम्मेदवार छनौट गर्ने यस्तो छ मापदण्ड


एमालेको निर्वाचनमा उम्मेदवार छनौट गर्ने यस्तो छ मापदण्ड

काठमाडौं ।  नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि पाँच बुँदे मापदण्ड तय गरेको छ।

आज बसेको पोलिटब्युरो बैठकबाट पाँच बुँदे मापदण्ड बनेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

मंसीर ४ गतेको चुनावको लागि एक्लै तयारी गर्नुपर्ने निष्कर्षमा पुगेको एमालेले निर्वाचन केन्द्रीत कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।

निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मापदण्ड बनाएको हो । पहिलो, पार्टी नीति प्रति प्रतिबद्ध रहेको, दोस्रो, लोकप्रिय, जनतामा प्रभाव पार्न सक्ने तेस्रो, आन्दोलनमा योगदान गरेको, निष्ठावान, पार्टीलाई सहयोग गरेको चौथो, सन्तुलित, समानुपातिक र सबै क्षेत्र, वर्गबाट सहभागी र पाँचौ, निर्वाचन कानून अनुसार योग्य व्यक्तिलाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।

आजको बैठकले भोलि र पर्सि बस्ने केन्द्रीय कमिटी बैठकका लागि  ११ वटा एजेण्डा तय गरेको छ । केन्द्रीय कमिटी बैठकले निर्वाचनका लागि उम्मेदवारको मापदण्ड  तय गर्ने छ । 


प्रकाशित मिति: बिहिबार, ९ भदौ, २०७९, २०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९