गठबन्धनले घेराबन्दी गरे पनि एमालेले चुनाव जित्ने : अध्यक्ष ओली

गठबन्धनले घेराबन्दी गरे पनि एमालेले चुनाव जित्ने : अध्यक्ष ओली


गठबन्धनले घेराबन्दी गरे पनि एमालेले चुनाव जित्ने : अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन लगायत अन्य दलले जतिसुकै घेराबन्दी गरे पनि एमालेले चुनाव जित्नैपर्ने बताएका छन् ।

आजबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशबाट हट्नु परेकाले जनताको समर्थनबाट एमालेले चुनाव जित्नैपर्ने बताए । 

उनले भने ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ । जनताको समर्थनबाट जित्नैपर्छ । एमालेले चुनाव हार्न मिल्दैन।’

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको भन्दै जतिसुकै घेराबन्दी भए पनि एमालेले चुनाव जित्नैपर्ने जिकिर गरे । 

उनले पाँच दलीय गठबन्धन सरकारको मनपरीका कारण संघीय प्रणाली र प्रादेशिक संरचनाप्रति वितृष्ण बढेको बताए ।

आजको बैठकमा विभिन्न ११ वटा कार्यसूचि रहेका छन् । 


प्रकाशित मिति: शुक्रबार, १० भदौ, २०७९, १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९