अध्यक्ष ओलीको प्रतिवेदन : वहुमतका लागि १६ प्रतिशत मत अपुग

अध्यक्ष ओलीको प्रतिवेदन : वहुमतका लागि १६ प्रतिशत मत अपुग


 अध्यक्ष ओलीको प्रतिवेदन : वहुमतका लागि १६ प्रतिशत मत अपुग

काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा वहुमतका लागि १६ प्रतिशत मत आवश्यक रहेको बताएका छन् । 

आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आगामी निर्वाचनमा वहुमतका लागि आवश्यक पर्ने १६ प्रतिशत मत अपुग रहेको र त्यसलाई वुद्धि गर्न सकिने भन्दै त्यसका लागि ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । 

उनले प्रतिवेदनमा आफ्नो शक्ति र सामथ्र्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन पनि उल्लेख गरेका छन् । उनले निर्वाचनमा नयाँ पुस्ताको विशेष ध्यान दिन पर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उनले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने र त्यसका लागि स्थानीय तह निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना, आत्मालोचना र अन्य विधिहरुमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने प्रतिवेदनमा उल्लेख गरेका छन् । 

उनले प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन चाहिँ असमझदारी हो, कुन असहयोग हो, र कुन चाहि अन्तरघा हो भन्ने कुराको बस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्न असमझदारीलाई छलफलद्धारा असहयोगलाई आलोचनाद्धारा र अन्तरघातलाई कारवाहीको माध्यमबाट सम्बोधन गर्न आग्रह गरेका छन् । 

 


प्रकाशित मिति: शुक्रबार, १० भदौ, २०७९, १५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९