–शरद शर्मा
काठमाडौँ, । नेकपा (एमाले)ले यहि भदौ २० गतेभित्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २२ भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आयोजित पत्रकारसम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागमा प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
पार्टीले समानुपातिकतर्फको बन्दसुचिका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ ।
जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुर्नविचार गर्ने सक्ने उनले बताए ।
जिल्लाको सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारको सिफारिस गर्ने छन् ।
यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाले जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको सिफारिस गर्ने र प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस पनि निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गर्ने छ ।
यसरी सिफारिस गर्दा जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो राय समेत उल्लेख गरि सिफारिस गर्नुपर्ने छ ।
उनका अनुसार मातहतका कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पुरा गरेका कम्तिमा एक जना महिला सहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने छ ।
एमालेले निर्वाचनका लागि उम्मेदवारको छनौटका पाँचवटा मापदण्ड तय गरेको छ ।
प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, लोकप्रियता र बिजयको सुनिश्चिता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता तथा निर्वाचन कानून बमोजिमको योग्यता रहेका छन् ।
जित्नेलाई टिकट
यस्तै पार्टीले जित्ने सम्भावना बढी र संसदीय भूमिका प्रभावकारी भएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै पार्टीले समानुपातिक उम्मेदवार नदो¥याउने निर्णय गरेको छ ।
उनले समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकता वा समर्थकलाई पुन सोहीमा दोह¥याउने र पालैपालो वितरण प्रणाली लागु गरिने जानकारी र्दि ।
यस्तै पार्टीले स्थानीय तह वा कुने पनि तहमा वहालवाल जनप्रतिनिधिलाई राजीनामा गराएर प्रतिनिधि वा प्रदेश सभामा उम्मेदवार सिफारिस नगर्ने समेत निर्णय गरेको छ ।
यस्तै पहिलो पटक भएको कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवारहरु कसैलाई पनि प्रदेशसभा वा प्रतिनिधि सभाको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउने समेत निर्णय गरेको छ ।
बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फ पार्टीले निर्धारण गरेको मापदण्ड पुरा भई योग्य उम्मेदवारको चयन गरी औपचारिक मनोनयन र वन्दसुचिको निर्णय गर्ने अधिकार भने केन्द्रीय कमिटीको तर्फबाट केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ ।
यसरी सचिवालय बैठकले गरेको उम्मेदबारलाई मनोनयन पत्र दिन र उम्मेदवारको बन्दसूचि पेश गर्ने दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियार दिने निर्णय समेत गरेको छ ।
बैठकले प्रत्येक मतदान केन्द्रमा निर्वाचन परिचालन बुथ कमिटी गठन निर्णय गरेको छ ।
यस्तै स्थानीय निर्वाचनमा प्रत्येक कमिटीका सदस्यलाई घरधुरी बाँडी परिचालन गर्ने र पार्टीलाई आवश्यक पु¥याउन ६ प्रतिशत मत बृद्धिका लागि हरेक पार्टी सदस्यले नयाँ दुई भोट थप्ने ५ भोट संरक्षण गर्ने नीति बैठकले लिएको उनले बताए ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि सुझाव सहित पारित गरेको छ ।
सदस्यको समस्या समाधान
यस्तै बैठकले दोहरिएका संगठित सदस्य नम्बरलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
प्रचार विभाग प्रमुख गुरुङले दोहरिएका सदस्यमध्ये सवैभन्दा पुरानो सदस्यको नम्बर कायम राखी बाँकी सदस्यहरुलाई विशेष नम्बर दिने र त्यस्तो विशेष नम्बर १४ लाख ३१ हजारबाट १५ लाखसम्मको कलस्टरमा व्यवस्थित गर्ने उल्लेख गरिएको बताए ।
यस्तै यसअघि पार्टीको सचिवालय, स्थायी कमिटी र पोलिटव्युरोगरे गरेका निर्णयहरु केन्द्रीय कमिटी बैठकले निर्वाचन घोषणा पत्र मस्यौदा कार्यदल, निर्वाचन परिचालन कमिटी, १२ विभागको सचिवको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टीको बार्षिक बजेट र पार्टी प्रवेश गरेकाको व्यवस्थापनको काम सम्बन्धि प्रस्ताव,
केन्द्रीय सल्लाहाकार परिषदमा मनोनयन र केन्द्रीय कमिटीमा मनोनयन गरिएको प्रस्तावलाई अनुमोदन गरेको छ ।
यस्तै बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण र प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्नका लागि खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
यस्तै बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजत्वमा स्थानीय तह निर्वाचनमा अन्तरघात गरेकाको छानविन गर्न गठित कार्यदलले अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९