अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन


अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठक आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल,ललितपुरमा विहान ११ देखि बसिरहेको छ । 

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । 

उक्त कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहेका छन् । 

बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय कमिटी समेत गठन गरेको छ । उक्त सचिवालय कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् । 


प्रकाशित मिति: आइतबार, १२ भदौ, २०७९, १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९