गठबन्धनले जिते देश बर्बाद हुन्छ, एमालेले जिते देश बन्छ : अध्यक्ष ओली

गठबन्धनले जिते देश बर्बाद हुन्छ, एमालेले जिते देश बन्छ : अध्यक्ष ओली


गठबन्धनले जिते देश बर्बाद हुन्छ, एमालेले जिते देश बन्छ : अध्यक्ष ओली

कञ्चनपुर , । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका पक्षमा देशभर जागरण आएको बताएका छन् ।  

एमाले कञ्चनपुरले महेन्द्रनगर स्मारकमा आज गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनसँग जनता नभएको बताए ।

अध्यक्ष ओलीले भने ‘देशमा जनजागरण आएको छ, माथि माथिका नेता गठबन्धनमा छन्, सबै जनता एमालेमा छन् । पार्टीका कार्यकर्ताहरु, देश बनाउनु पर्छ भन्नेहरु एमालेको पक्षमा छन्, एमालेले जिते मात्रै देश बन्छ।’
आगामी चुनावमा गठबन्धनले जिते देशले हार्ने उहाँको टिप्पणी थियो। लोकतान्त्रिक आचरण अभ्यास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको ओलीले बताए ।  

‘सत्ता प्राप्तिका लागि मात्रै गठबन्धन बनेको हो, जनताले धेरै आशा गर्ने ठाउँ छैन’ उनले भने, ‘गठबन्धनले जिते देश हार्छ, एमालेले जिते देश जित्छ ।’


प्रकाशित मिति: बुधबार, १५ भदौ, २०७९, २१:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९