काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि बसेको बैठक निष्कर्षविहीन भएको हो ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार थप दुई दिन सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बसेर सिट विभाजन टुंगो लाग्ने भएको हो ।
उनले भने, ‘दुई दिन कार्यदलको बैठक बसेर गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेपछि सिट बाँडफाँट टुंगो लाग्छ ।’ उनले सबै दलले विजयी हुने गरी सिट बाँडफाँटको तयारी गरेको बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९