कैलाली । नेकपा एमालेले कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तीन जनाको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि यहाँबाट प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभा तर्फ नाम जिल्लामा सिफारिस गरिएको हो ।
प्रतिनिधि सभातर्फ सिफारिस हुनेमा तपेन्द्र रावल, सम थापा, र शिलु खतिवडा (स्वार) रहेका छन् ।
त्यस्तै, प्रदेश क मा प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्ली राज जोशी र भोजराज शर्मा तथा प्रदेश (ख) मा द्वारिका न्यौपाने, दीपक रावल र भावना रतन रहेका छन् ।
प्रतिनिधि सभामा टीकापुरका पूर्व मेयर तपेन्द्र रावल, र सम थापा , प्रदेश (क)मा प्रेम चौधरी र भोजराज शर्मा तथा प्रदेश (ख)मा द्धारिकाप्रसाद न्यौपाने पाउने सम्भावना रहेको छ । थापा टीकापुर क्षेत्रका पुराना पत्रकार हुन् ।
कैलाली क्षेत्र नंं १ मा एमालेले गठबन्धन र नागरिक उन्मुक्ति पार्टीको सामना गर्नुपर्ने हुन्छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९