काठमाडौं, । देशका दिगो शान्ती र संविधानको रक्षाका लागि संविधान दिवसका अवसरमा एमालेले वाकाथन आयोजना गर्ने भएको छ ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिएको जानकारी अनुसार असोज १ गते वाकाथनको आयोजना गर्न लागिएको हो । रिजालका अनुसार काठमाडौंका पाँच स्थानबाट ५० हजार मानिसहरु एमालेको अगुवाइमा सडकमा निस्कनेछन् । वाकथनका लागि वानेश्वर,मैतीदेवी,लैनचौर,पुल्चोक र कालिमाटीमा भेला भएर बसन्तपुर जाने कार्यक्रम छ ।
स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेका अनुसार आज पार्टी कार्यलयमा पार्टीको केन्द्रीय विभागका प्रमुख,उपप्रमुख,सम्पर्क मञ्चका पदाधिकारी र जनसंगठनका प्रमुखहरुको भेलाले उक्त निर्णय गरेको हो ।
संविधान दिवश असोज ३ गते भए पनि निर्वाचन आयोगले जारी गरेको कार्ययोजनामा असोज २ र ३ गते समानुपातिक उम्मेद्वारको सुची बुझाउने दिन भएकोले १ गते नै संविधान दिवश मनाउन लागिएको तुम्हाम्फेले जानकारी दिइन ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९