काठमाडौँ, । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ ।
काठमाडौँका विभिन्न ठाउँबाट पदयात्रा निकाली बसन्तपुर पुगेको थियो । पदयात्रा बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी, र ललितपुरको कुपण्डोलबाट निस्केको थियो ।
पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल लगायत शीर्ष नेताको सहभागि रहेको थियो ।
पदयात्रामा नेता तथा कार्यकर्ताले नेपाली झण्डा बोकी हिडेका थिए ।
संविधान सभाबाट पाएको संविधानको रक्षा गर्नका लागि पदयात्रा गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
पदयात्रामा एमाले नेता तथा कार्यकता, एमाले जनवर्गिय सङ्गठन, एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका रहेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९