समानुपातिक उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक ४ बजे

समानुपातिक उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक ४ बजे


समानुपातिक उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक ४ बजे

काठमाडौं, ।  समानुपातिक उम्मेद्वारहरुको नाम टुंगो लगाउनका लागि १ बजे बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक ४ बजेका लागि सारिएको छ । तयार पुरा नभएकोले बैठकलाई तीन घण्टा पछि सारिएको एमाले जनाएको छ । 

केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यलयमा १ बजे बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने ४ बजे बस्नेछ ।

निर्वाचन आयोगले भोली असोज २ र असोज ३  गते समानुपातिक तर्फका उम्मेद्वारको बन्द सुची बुझाउन दलहरुलाई पत्राचार गरेको छ । त्यसको अन्तिम तयारीका लागि आजको बैठक बस्न लागेको हो ।

नेताहरुका अनुसार जिल्ला जिल्लाबाट ठूलो संख्यामा समानुपातिकको सुची आएकोले त्यसलाई केलाउन समय लागेको छ ।

यसैगरी संविधानको व्यवस्था बमोजिम समावेशी,भूगोल,पिछडिएकोक्षेत्र,महिला,मधेसी,मुस्लिम,अल्पसंख्यक आदि अनुसार उम्मेद्वारहरुको सुची बझाउनु पर्ने हुन्छ । 

 


प्रकाशित मिति: शनिबार, १ असोज, २०७९, १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९